१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु - Chaitanya News
  • 2026-06-30
  • 07:29:15
  • मंगलबार,आषाढ १६, २०८३
  • १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु

    १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु

    काठमाडौँ– १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको छ।

    हिजो (बुधबार) बसेको नेपाल विद्युत् प्राधिकरण र कम्पनी सञ्चालक समितिका पदाधिकारी सम्मिलित बैठकले व्यावसायिक उत्पादनको मिति निर्धारण गरेको हो।

    यस अनुसार मंगलबारदेखि उत्पादित विद्युतको ऊर्जा खरिद सम्झौता अनुसार भुक्तानी हुने रसुवागढी हाइड्रोपावर कम्पनीका कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिए।