नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी - Chaitanya News
  • 2026-11-17
  • 17:01:02
  • मंगलबार,मंसिर ०२, २०८३
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी

    नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी

    काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कर्मचारी माग गरेको छ । प्राधिकरणले रिक्त रहेका विभिन्न पदका लागि १७ कर्मचारीको माग गरेको हो।

    प्राधिकरणले आज एक सूचना जारी गर्दै स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग गरेको हो।

    योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।