पुस महिनाभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने - Chaitanya News
  • 2026-06-30
  • 07:28:24
  • मंगलबार,आषाढ १६, २०८३
  • पुस महिनाभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने

    पुस महिनाभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने

    काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पुस महिनाभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने बताएको छ। यसको काम अन्तिम चरणमा रहेकोमन्त्रालयले जनाएको छ।

    भूमि मन्त्री बलराम अधिकारीका अनुसार विगतमा अदालतमा मुद्दा परेकाले समय लागेको थियो।

    ‘केन्द्रमा राष्ट्रिय भूमि आयोग बनिसकेको छ। सबै जिल्लामा पुसभित्र बनिसक्छ,’ मन्त्री अधिकारीले भने।

    आफूले मन्त्रीको जिम्मेवारी पाएलगत्तै आयोगको काम अघि बढाइएको उल्लेख गर्दै उनले भने, ‘तर अदालतमा मुद्दा पर्‍यो। मुद्दा फिर्ता लिएर अगाडी बढ्दाबढ्दै चार महिना बित्यो। अब कुनै समस्या छैन।

    पुसभित्र सबै जिल्लामा आयोग गठन सकेर माघदेखि काम नै सुरु गरिने उनले बताए।

    बुधबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा गुठी विधेयकबारे छलफल भएको थियो।

    सो छलफलपछि समितिले सरकारलाई गुठी विधेयक जतिसक्दो चाँडो ल्याउन निर्देशन पनि दिएको छ।