काठमाडौँ– सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ। आज (बुधबार) प्रतितोता १ लाख ५१ हजार मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (मंगलबार) १ लाख ४९ हजार ६०० मा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार तोलाको १ हजार ७६५ मा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही तय भएको छ।