सचिव डा. पाण्डेयले भने: पर्यटन प्रवर्द्धनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्छ - Chaitanya News
  • 2026-06-30
  • 06:31:24
  • मंगलबार,आषाढ १६, २०८३
  • सचिव डा. पाण्डेयले भने: पर्यटन प्रवर्द्धनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्छ

    सचिव डा. पाण्डेयले भने: पर्यटन प्रवर्द्धनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्छ

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं पर्यटन बोर्ड अध्यक्ष डा. गणेशप्रसाद पाण्डेयले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा बोल्दे उनले यस्तो बताएका हुन्् ।

    यस्तै बोर्ड सञ्चालक समिति सदस्य ऋषि भण्डारीले यसका लागि पर्यटन प्रवर्द्धन मुख्य जिम्मेवारी बोकेको पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने समेत बताएका छन्।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको पर्यटक आगमन बिस्तारै लयमा फर्किँदै गएको र पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे।

    कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत ‘रिकभरी’ देखिएको र सन् २०२४ को ११ महिनामा नेपालमा साढे ११ लाख पर्यटकले भ्रमण गरेकाले कोभिडपछि नेपालको पनि ९६ प्रतिशतसम्म रिकभरी देखिएको उनले जानकारी दिए।

    कार्यक्रममा बोर्ड कर्मचारी संगठन अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढीकरणका लागि आवश्यक नीतिगत सुधारको पहल गरिदिन आग्रह गरे।

    कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुख पत्र ‘इनफोकस’ विमोचन गर्नुका साथै वार्षिकोत्सवका अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद कार्यक्रमका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।