अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन मन्त्री पाण्डेको निर्देश - Chaitanya News
  • 2026-06-30
  • 06:32:30
  • मंगलबार,आषाढ १६, २०८३
  • अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन मन्त्री पाण्डेको निर्देश

    अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन मन्त्री पाण्डेको निर्देश

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले न्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन निर्देश दिएका छन् । आज (मंगलबार) नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । यस्तै उनले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको समेत बताए।

    मन्त्री पाण्डेले पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको र यसैलाई मध्यनजर गरी सरकारको नयाँ पर्यटन नीति तयार भइरहेको बताए।

    अब छिट्टै नयाँ पर्यटन नीति आउने उनले बताए। उनले पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए।

    पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताए। यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।