विश्व बैंक र एडिबीबाट सहयोग नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौँ : कुलमान घिसिङ - Chaitanya News
  • 2026-06-30
  • 06:32:48
  • मंगलबार,आषाढ १६, २०८३
  • विश्व बैंक र एडिबीबाट सहयोग नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौँ : कुलमान घिसिङ

    विश्व बैंक र एडिबीबाट सहयोग नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौँ : कुलमान घिसिङ

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन्।

    उनले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट असारभित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको बताउदै असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गरेका थिए।

    घिसिङले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी मिश्रित लगानी (ब्लेन्डेड फाइनान्सिङ) को नमूना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको बताए ।