नेपाल र चीनका विश्वविद्यालयबिच सहकार्य सम्झौता - Chaitanya News
  • 2026-06-30
  • 06:32:29
  • मंगलबार,आषाढ १६, २०८३
  • नेपाल र चीनका विश्वविद्यालयबिच सहकार्य सम्झौता

    नेपाल र चीनका विश्वविद्यालयबिच सहकार्य सम्झौता

    काठमाडौँ– नेपाल र चीनका विश्वविद्यालयबिच सहकार्य सम्झौता भएको छ । आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको हो।

    समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन्। यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गत मङ्सिर १७ गतेदेखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझादारी भएको थियो।

    सो अवसरमा प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति ओलीले नेपाल र चीनबिच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबिच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र नेपालस्थित चीनियाँ दूतावासका अधिकारीलगायतको उपस्थिति रहेको थियो।