काठमाडौँ– धितोपत्र सम्बन्धी विधेयकमा २८ जना सांसदका ९६ संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभा अन्तर्गत आजको अर्थ समितिमा छलफलमा रहेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा २८ सांसदले ९६ संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
गत असोज ६ मा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको विधेयकमाथि भदौ ११ मा सामान्य छलफल गरी प्रतिनिधि सभाले उक्त विधेयक दफावार छलफलका लागि अर्थ समितिमा पठाएको थियो ।
भदौ १८ मा अर्थ समितिमा पेश भएको विधेयकमाथि १३ जना सांसदले एकल र बाँकी १५ जना सांसदले संयुक्त रूपमा गरेर १९ वटा संशोधन प्रस्तावमार्फत ९६ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन्। जसमा एउटा संशोधन प्रस्ताव भने फिर्ता भइसकेको छ।