लुम्बिनी र कर्णाली प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर - Chaitanya News
  • 2026-06-30
  • 15:02:50
  • मंगलबार,आषाढ १६, २०८३
  • लुम्बिनी र कर्णाली प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर

    लुम्बिनी र कर्णाली प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर

    काठमाडौँ– लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतामा सहमति भएको छ।

    लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशको समृद्धि र विकासको साझा सरोकारको विषय रहेका साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।

    दुवै प्रदेशको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्ने गरी साझा प्रतिबद्धता गरिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए।

    कार्यान्वयन गर्ने गरी प्रतिबद्धता गरिएको साझा संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।