चैतन्य खबरले शाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृतहरुसँग कुरा गर्दै आइरहेको छ । शाखा अधिकृतसम्म आइपुग्दा कसरी तयारी गर्नु हुन्थ्यो ? र कसरी तयारी गर्दा सफलता प्राप्त गर्न सकिन्छ होला,यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले भरखरै शाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृत मुकेश मिश्रसँग गरेको संवादको सम्पादित अंश:
1. तपाईं शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामती सेवामा नाम निकाल्न सफल हुनु भएको छ, कस्तो महसुस भएको छ ?
शाखा अधिकृतको रुपमा नेपनल सरकाको निजामती सेवामा सिफारिस हुन पाउँदा एक प्रकारको उत्साह सँगासँगै जिम्मेवारी पनि थपिएको महसुस भइरहेको छ ।
2. यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नुहुन्थ्यो ?
म पहिला पनि स्थानी तहमा लेखा अधिकृतको रुपमा सिफारिस भएको थिए । पछि शाखा अधिकृतको तयारी गर्ने सोच आयो र तयारी पनि सुरु गरे, तर तयारी गर्दै गर्दा मैले फिजिकल क्लासहरु भने लिन पाइन । कोभिड पछि चैतन्य एकेडेमीले अनलाइन क्लासहरु सुरु गरेको थियो मैले पनि ति क्लासहरुमा सहभागि हुने मौका पाए तेसले मलाई पढाइमा धेरै नै सहयो पुग्यो । यहाँसम्म आइपुग्नुमा खासगरी चैतन्यको शनिबारीय श्रृङ्खालाको पनि ठुलो भूमिका रहेको छ । यसको लागि चैतन्य एकेडेमीलाई पनि धेरै धेरै धन्यबाद दिन चाहान्छु ।
3. अध्ययनका लागि कति र कुन समय छुट्याउनु हुन्थ्यो ?
मैले जागिर गर्दै पढ्दै गरेको थिए । दिउसो अपिस जानुपर्ने भएकाले पढाइको लागि बिहान र बेलुकाको समय छुट्यायको थिए । साथै सार्वजनिक बिदाको दिन भने अरु दिन भन्दा अलि बढी नै समय दिन्थ्ये पढाईलाई ।
4. यहाँको बिचारमा लोकसेवा तयारीका क्लास र पुस्तकले तयाीमा कस्तो टेवा पुग्छ ?
लोकसेवा तयारीमा लोकसेवा तयारीका क्लासहरुले धेरै नै सहयोग पुग्छ । लोकसेवा परिक्षामा लोकसेवाको नियम भित्र रहेर लेख्नुपर्ने हुन्छ । हामीलाई कसरी लेख्ने भन्ने ज्ञान हुँदा हुँदै पनि नियम भन्दा बहिर लेख्छौं । तयारीका क्लासहरु लिदा नियमभित्र रहेर लेख्ने देखि कस्ता विषयवस्तुहरु छान्ने भन्ने विषयको पनि ज्ञान हुन्छ । त्यसैले एकचोटी तयारी क्लासहरु त लिनु नै जरुरी हुन्छ ।
5. अध्ययन गर्दा कस्ताखाले सामग्री छनोट गर्नु उपयुक्त हुन्छ, र यहाँले कस्ता सामग्रीलाई बढी प्राथमिकता दिनु हुन्थ्यो ?
सबैभन्दा पहिलात हामीले पाठ्यक्रमलाई बुझ्नुपर्ने हुन्छ । त्यो पाठ्यक्रमसँग मिल्ने किताबहरु छान्नुपर्ने हुन्छ । साथै विभिन्न पत्रपत्रिका, राष्ट्रिय स्तरका लेख रचनाहरुलाई बढी प्राथमिकता दिन्थे मैले, सरकारी निकायका प्रतिवेदन, सम्पादन गरेका विवरणहरुको अध्ययन गर्थे । अर्को दक्ष र भरपर्दो शिक्षकहरुले लेखेका पुस्तकहरुको अध्ययन गर्ने । साथै विभिन्न इन्टिच्यूटहरुको नोटहरुलाई समेटेर त्यसको अर्थ नबिगारेर मौलिकता झलक्ने गरी आफ्नो भाषमा लेखेर पढ्ने, आदि गर्ने बानिको विकास गर्नुभयो भने सफलता हात पार्न ढिलो हुँदैन ।
6. यहाँले अहिले लोकसेवाप्रति युवाको आकर्षण कस्तो देख्नु हुन्छ ?
अहिले लोकसेवाप्रति युवाहरुको आकर्षण अत्याधिक नै छ । लोकसेवाबाट सरकारी जागिरमा प्रवेश गर्ने र गर्न चाहानेको आकर्षण दिनानु दिन बढ्दै छ, किनभने नेपालमा निजी क्षेत्रमा काम गर्दा न त सुबिधा नै छ न त तलब नै तेही भएर लोकसेवा नै विकल्प हो भन्ने कुरा युवाहरुले बुझिुकेका छन् । अहिले त इन्जिनियर पढेकाहरु पनि लोकसेवातर्फ आकर्षित भएका छन् । त्रिभुवन विश्वविद्यालय टपरकै पनि पहिलो रोजाई लोकसेवा नै बनेको
छ।
7. अहिले लाखौं युवाहरु विदेशिएका छन्, यहाँको मनमा विदेश जाने सोच कहिले आएन ?
मेरो मनमा विदेश जाने सोच कहिले पनि आएन । सरकारी क्षेत्रमा नै प्रवेश गर्छु र यसमा नै राम्रो गर्छु भन्ने मेरो सोच थियो । र जागिर गर्दै पढ्थे । मैले भविष्य हेरिरहेको थिए , मास्टर सकेर लोकसेवा मार्फत अपिसरमा लड्छु भन्ने मेरो सपना थियो । त्यही भएर होला मलाई विदेश जाने सोच कहिले पनि आएन ।
8. अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परिक्षार्थीहरुलाई कस्तो सन्देश दिन चाहानु हुन्छ ।
लोकसेवामा प्रतिशप्रधा चलिरहेको छ । कोही पनि मान्छेले सबै कुरा पहिले नै जानेका हुँदैनन् । पहिलो पटकमा नै त कोही सफल होला कोही असफल होला । निरन्तर प्रयास गरिरहेपछि एक पटक सफलता अवश्य मिल्ने छ । मलाई पनि सुरु–सुरुमा म सक्दिन कि जस्तो लाग्थ्यो तर मैले निरन्तर प्रयास गरिरहे र आज प्रमुख प्रशासकीय अधिकृत हुन सफल भएकी छु । निरन्तर अभ्यास गरिरहनु पर्छ । निरन्तर अभ्यास गरिरहेपछि जुनसुकै बेला पनि सफलता प्राप्त गर्न सकिन्छ । तयारी गर्दा अन्त कतै मन नडुलाउने, लोकसेवाका कलासहरु लिने, स्कुल, कलेजमा पढेजस्तो हुँदैन लोकसेवामा चाहि सिरीयस भएर पढ्नु पर्छ। हरेक विषयबस्तुलाई पढ्न सकेउ, बुझ्न सकेउ र त्यसलाई प्रस्तुत गर्न सकेउ भने अबश्य पनि लोकसेवामा सफलता प्राप्ता हुन्छ।