सहसचिव मधु भेटुवाल सचिवमा बढुवा - Chaitanya News
  • 2026-10-04
  • 23:40:34
  • आइतबार,आश्विन १८, २०८३
  • सहसचिव मधु भेटुवाल सचिवमा बढुवा

    सहसचिव मधु भेटुवाल सचिवमा बढुवा

    काठमाडौँ– सहसचिव मधु भेटुवाल सचिवमा बढुवा भएका छन्। प्राविधिकतर्फ रिक्त रहेको सचिवमा सहसचिव भेटुवाल बढुवा भएका हुन्।

    हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालय अन्तरगत रहेको बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव भेटुवाललाई सचिवमा बढुवा गरेको हो।

    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा केही दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ रिक्त रहेको सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो।