चोभार सुक्खा बन्दरगाहबाट ५ महिनामा ४७ करोड बराबरको वस्तु आयात - Chaitanya News
  • 2026-11-16
  • 04:53:49
  • आइतबार,कार्तिक ३०, २०८३
  • चोभार सुक्खा बन्दरगाहबाट ५ महिनामा ४७ करोड बराबरको वस्तु आयात

    चोभार सुक्खा बन्दरगाहबाट ५ महिनामा ४७ करोड बराबरको वस्तु आयात

    काठमाडौँ– काठमाडौँ चोभारस्थित सुक्खा बन्दरगाहबाट ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यस अवधिमा निर्यात भने शून्य रहेको भन्सार विभागले जनाएको छ।

    भन्सार विभागका अनुसार मंसिरसम्म ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको थियो। जसमध्ये चोभार सुक्खा बन्दरगाहबाट भएको आयात हिस्सा ०.०७ प्रतिशत हो।

    हालै सरकारले यो बन्दरगाहमा चिनियाँ नाकाबाट समेत सामान ल्याउन पाउने गरी खुला गरेको छ। यससँगै यो बन्दरगाहमा चहलपहल बढ्ने देखिएको छ।

    विभागका अनुसार २८ भन्दा बढी भन्सार बिन्दुबाट वैदेशिक व्यापार भएको छ। यसमध्ये सबैभन्दा धेरै व्यापार वीरगञ्ज भन्सारबाट भएको छ। यस भन्सार बिन्दुबाट २ खर्ब १८ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको छ। जुन कुल आयातको ३३ प्रतिशत हो।

    यस भन्सार बिन्दुबाट १९ अर्ब २५ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ। जुन कुल निर्यातको २६.१५ प्रतिशत हो।