काठमाडौँ– चालु आर्थिक वर्षको ५ महिनामा ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा ९ करोड २६ लाख ५९ हजार रुपैयाँको ८ लाख १४ हजार थान क्रिसमस ट्रि लाइट आयात भएको छ।
जसमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको छ। चीनबाट ८ करोड ६४ लाख ३२ हजार रुपैयाँको ६ लाख ७४ हजार ४१ थान क्रिसमस ट्रि लाइट आयात भएको छ। यस्तै ३२ हजार रुपैयाँको २३९ थान कतारबाट , ११ हजार रुपैयाँको १२२ थान बहराइनबाट आयात भएको छ।
यस्तै हङकङ, साउदी अरेबिया ओमानलगायतका ७ मुलुकबाट १६ हजार रुपैयाँको ९५ थाल क्रिसमस ट्रि लाइट आयात भएको छ।