रेशमलाई फकाउन गठबन्धनका नेता जेलमा - Chaitanya News
  • 2026-04-23
  • 08:18:19
  • बिहिबार,बैशाख १०, २०८३
  • रेशमलाई फकाउन गठबन्धनका नेता जेलमा

    रेशमलाई फकाउन गठबन्धनका नेता जेलमा

    काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटेका हुन् ।

    दाहालले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले दिउँसो चौधरीसँग भेटेर कुरा गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत निकट सूत्रमार्फत चौधरीसँग वार्ता प्रक्रिया अघि बढाएको पनि स्रोतको दाबी छ । चौधरीसँगको कुराकानी नेताहरूले खुलासा गर्न नचाहे पनि सरकार बनाउन गठबन्धनलाई केही सिट अपुग हुने भएकाले उनीहरूले उन्मुक्ति पार्टीलाई सहभागी गराउन पहल गरेको स्रोतको भनाइ छ ।

    उन्मुक्ति पार्टीले चौधरीको रिहाइ गर्नुपर्ने पहिलो सर्त राख्दै आएको छ । पार्टी अध्यक्ष एवं कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जिता श्रेष्ठले भने सरकारमा जाने/नजानेबारे टुंगोमा नपुगेको बताइन् ।