संविधान संशोधनका लागि काँग्रेस र एमालेले कार्यदल बनाउँने गृहमन्त्री लेखकको दाबी - Chaitanya News
  • 2026-11-16
  • 04:50:00
  • आइतबार,कार्तिक ३०, २०८३
  • संविधान संशोधनका लागि काँग्रेस र एमालेले कार्यदल बनाउँने गृहमन्त्री लेखकको दाबी

    संविधान संशोधनका लागि काँग्रेस र एमालेले कार्यदल बनाउँने गृहमन्त्री लेखकको दाबी

    काठमाडौँ– गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन्।

    नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरूसँग सहमति जुटाएर समयसापेक्ष रूपमा संविधान संशोधन गर्ने बताए।

    उनले संविधान संशोधनको लागि आवश्यक गृहकार्य गर्न काँग्रेस र एमालेले केही दिनमा बेग्लै कार्यदल बनाउन लागेको बताए।

    उनले थपे, ‘हामी छलफल गरेर विषयहरूको पहिचान गर्छौँ। त्यसपछि हामीले चरणबद्ध रूपमा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौँ। त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ। समय लाग्छ अहिले नै हुने कुरा होइन।

    उनले संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउन गर्न लागेको बताए।