चैतन्य खबरले शाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृतसँग संवाद गर्दै आइरहेको छ। शाखा अधिकृतसम्म आईपुग्दा कसरी तयारी गर्नुभएको थियो ? र कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ ? यसै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले भरखरै शाखा अधिकृतमा सिफारीस हुनुभएका शाखा अधिकृत गौरव राना मगरसँग गरेको संवादको सम्पादित अंश:
1. तपाईं शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामती सेवामा नाम निकाल्न सफल हुनु भएको छ कस्तो महसुस भइरहेको छ ?
म शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामती सेवामा नाम निकाल्न हुँदा एकदमै खुसी महसुस भइरहेको छ । म विगद दश वर्ष देखि निजामती सेवामा नै थिए, र अहिले शाखा अधिकृतमा नाम निकाल्न पनि सफल भएको छु । शाखा अधिकृतमा सिफारीस हुन पाउदा निजामती सेवाको महत्वपूर्ण चरण पारै गरेको जस्तो लागेको छ, सँगसँगै जिम्मेवारी पनि थपिएको महशुस गरेको छु।
2. यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नुहुन्थ्यो ?
सबै भन्दा पहिला त चैतन्य एकेडेमीलाइृ धन्यबाद दिन चाहान्छु । यो सफलता प्राप्तिमा कसैको हात छ भो त्यो चैतन्य एकेडेमीको पनि ठुलो भूमिका छ । अर्को तयारी गर्ने सबैको आ–आफ्नो तरिका हुन सक्छ, लोकसेवा तयारी भनेको निरन्तर नवीन खोज हो । यसमा पढाई बाहेक अरु उपािए हुँदैन् । मैले चाहीँ अनलाईन क्लासहरु पनि लिएको थिए, म चैतन्यको शनिबारीय निशुल्क कक्षामा सहभागी पनि हुन्थ्ये । मोडेल परिक्षा पनि धेरै दिए यसले मलाई पढाईमा थप सहयोग पुग्यो । साथै बजारमा उपल्ब्ध किताबहरुको पनि अध्ययन गथ्ये, यिनै कुराले मलाई सफलता प्राप्त गर्न मदद्त गर्यो ।
3. यहाँले अध्ययनका लागि कुन र कति समय छुट्याउनु हुन्थ्र्यो ?
अध्ययनको समय व्यक्ति अनुसार फरक फरक हुन्छ । कोही राति धेरै बेर सम्म पढ्ने र बिहान ढिलो उठ्ने हुन्छन् भने कोही बिहान छिटो उठेर पढ्ने र बेलुका चाडै सुत्ने हुन्छन् । यहीँ समय पढ्नुपर्छ यति नै पढ्नुपर्छ भन्ने त छैन, तर पनि मैले चाहीँ दिउसो अपिस हुने भएकाले बिहान–बेलुका ३–३ घण्टा पढ्थ्ये । मैले बिहानको समयलाई उपलव्धिमूलक समयको रुपमा लिने गर्छु । बिहान चाडै उठेर फेरेस मुडमा पढ्ने गर्नाले पढेका कुराहरुलाई सम्झिन सहज हुन्छ । कम्तिमा एउटा विषयलाई २ घण्टा हुने गरिसमय छुटुयाउनुपर्छ । ६–७ घण्टाको समय दैनिक पढियो भने राम्रो हुन्छ ।
4. लोकसेवा तयारी क्लास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ ?
लोकसेवा तयारीका दौरानमा लोकसेवा आयोग तयारी कक्षा र पुस्तकले निकै महत्वपूर्ण भूमिका खेल्दछ । लोकसेवा तयारीका क्लासहर नलिए त लोकसेवा पास गर्न सम्भव छैन जस्तो लाग्छ मलाई । विषयवस्तुको ज्ञान र पढाईको तरिका थाहा पाउन लोकसेवा तयारी क्लासहरुको महत्वपूर्ण भूमिका हुन्छ । कतिपय साथिहरुको अपिस हुने भएकाले उनिहरुलाई खासै तयारी क्लासहरु लिन समय हँुदैन् त्यसैल े कुनै तयारी क्लासहरु नलिएर आफैले पढेर पनि लोकसेवामा सफल हुनुभएको देखिन्छ । तर सम्भव भएसम्म आफ्नो पढाईको स्तर र ज्ञान व्यवस्थापनका लागि भएपनि लोकसेवाका क्लासहरु लिदा राम्रो हुन्छ, किनकी यसले लोकसेवा तयारी कक्षाका परिक्षाहरु, विज्ञ सरहरुका अनुभवहरु, साथिहरुका अनुभवहरुले महत्वपूर्ण भूमिका खेल्दछ । परिक्षा लक्षित कतिपय पुस्तकहरु राम्रा पनि छन् । कतिपय पुस्तकहरु भने स्तरीय नहुँन पनि सक्छन् । पाठ्यक्रमलाई आधार मानि लेखिएमा कतिपय पुस्तकहरुको गुणस्तर भने आफैले परीक्षण गर्नुपर्छ गुणस्तरीय पुस्तकहरु तयारीका लागि महत्वपूर्ण हुन्छन् ।
5. अध्ययन गर्दा कस्ताखाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ ? र यहाँले कस्ता सामाग्रीलाइृ बढी प्राथमिकता दिनु हुन्थ्र्यो ?
अध्ययन गर्दा चाहीँ नेपाल सरकारबाट प्रकाशीत भएको आधिकारीक डकुमेन्टलाई आधार मान्नुपर्ने हुन्छ । जस्तै आर्थिक सर्वेक्षणका कुरा, संविधानका कुराहरुलाई आधार मान्नु पर्ने हुन्छ । बजारमा त जस्ता कुरा पनि आएका हुन्छन् । त्यसमा पनि अलिकति विज्ञहरुले लेखेका सामाग्रीहरु छान्नुपर्ने हुन्छ । यसरी पढ्ने गर्नुभयो भने लोकसेवामा अलि छिटो सफलता हात पार्न सकिन्छ ।
6. लोकसेवाप्रति युवाको आकर्षण कस्तो देख्नुहुन्छ ?
अहिले लोकसेवामा युवाहरुको आकर्षण अत्याधिक नै छ । अहिले पनि शाखा अधिकृतकै परिक्षामा झण्डै २० हजार हाराहरीको सहभागीता थियो । यो सानो सङ्ख्या होइन् ।
7. अहिले लाखौं युवाहरु विदेशीएका छन्, यहाँको मनमा चाही विदेश जाने सोच आएन ?
मेरो मनमा चाहीँ विदेश जानुपर्छ भन्ने सोच कहिले पनि आएन । मेरो सानै देखि नै पढाईमा मेहेनत गररेर पढ्ने बानि थियो । साथैे विद्याल तहदेखि नै मलाई पढाउने गुरुहरुले पनि मलाई भन्नुहुन्थ्यो यो विषय पढ यो क्षेत्रमा भविष्य छ । तिमि यसरी जानुपर्छ भन्ने खालका सुझावहरु दिइरहनु हुन्थ्र्यो । त्यसै अनुसार नै मैले म निजामती सेवामा नै प्रवेश गर्छु भन्ने लक्ष्य थियो र यसमा नै मेरो भविष्य छ भन्ने विश्वास राखेको थिए, र आज निजामती सेवाको एउटा खुड्कीलो पनि पार गर्न सफल भएको छु । म निजामती सेवामा नै अगाडी बढ्नुपर्छ भन्ने लक्ष्य राखेर होला मेरो मनमा विदेश जाने सोच कहिले पनि आएन् ।
8. अन्त्येमा लोकसेवा तयारी गरिरहनु भएका परिक्षार्थीहरुलाई कस्तो सुझव दिन चाहानु हुन्छ ?
अहिेले तत्काल एस. ई.ई पलस टु पास गरेर विदेश जाने सोच बनाउनु भएका साथिहरुलाई चाहीँ आफ्नो देश नछोडौं् । देशमै बसेर लोकसेवा तयारी गरौ भन्छु । लोकसेवामा डराउनु पर्ने केही छैन् । नडराउनुहोस्, आफुलाई विश्वास गर्नुहोस् । पढाईलाई निरन्तरता दिनुहोस् । धैर्य रहनुहोस्, लोकसेवाको तयारी गरिरहँदा मनमा अनेक अन्यौलताहरू हुन्छन्। धेरै प्रकारका सोचहरू आउँछन् त्यसमा नकारात्मक सोच पनि पर्छ तर लोकसेवा तयारीका चरणमा जहिले पनि सकारात्मक सोच बनाएर पढ्नुपर्छ सफलता अवश्य मिल्छ । दिमागलाई शान्त राख्नुपर्छ। आफ्नो सकारात्मक कुरा, नकारात्मक कुरा, आफ्नो विज्ञता र कमजोरीको मूल्याङ्कन आफैँले गर्नुपर्छ र कमजोरीलाई सुधार गर्दै जानुपर्छ।आधीकारीक सामाग्रीबाट मात्रै अधययन गर्ने गर्नुहोस् यसो गर्दा लोकसेवामा सफलता पक्कै मिल्नेछ ।