गोरखा नगरपालिकाद्वारा ‘नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा - Chaitanya News
  • 2026-05-04
  • 21:48:04
  • सोमबार,बैशाख २१, २०८३
  • गोरखा नगरपालिकाद्वारा ‘नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा

    गोरखा नगरपालिकाद्वारा ‘नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा

    गोरखा– गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्क रूपमा उपलब्ध गराएको छ।

    सो सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन्। “गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पुर्‍याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ”, नगरप्रमुख कृष्णबहादुर रानामगरले भने, “नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ।

    नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवा सहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्क रूपमा गर्न सक्ने व्यवस्था मिलाएको छ। रासस