काठमाडौँ– आज (आइतबार) का लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जसअनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ५७.६७ रुपैयाँ रहेको छ। प्याज ७१ रुपैयाँ, मटरकोशा १७५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ।
यस्तै स्थानीय काउली ७५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ९५ रुपैयाँ, तितो करेला ११० रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ।