नेपाल प्रहरीका दुईजना प्रहरीलाई एआईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय - Chaitanya News
  • 2026-11-17
  • 17:50:18
  • मंगलबार,मंसिर ०२, २०८३
  • नेपाल प्रहरीका दुईजना प्रहरीलाई एआईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    नेपाल प्रहरीका दुईजना प्रहरीलाई एआईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ– नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

    गत शुक्रबार बसेको बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ९४० अनुसार उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

    एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकाशपछि रिक्त पदमा सिंह र बोहराको बढुवा गरिएको हो।