२०२४ मा भारतमा भित्रियो १ खर्ब २९ अर्ब डलर रेमिट्यान्स - Chaitanya News
  • 2026-06-30
  • 02:46:29
  • सोमबार,आषाढ १५, २०८३
  • २०२४ मा भारतमा भित्रियो १ खर्ब २९ अर्ब डलर रेमिट्यान्स

    २०२४ मा भारतमा भित्रियो १ खर्ब २९ अर्ब डलर रेमिट्यान्स

    नयाँदिल्ली– विदेशमा पढ्न र काम गर्न जाने भारतीयहरूको जमात निकै ठुलो छ। बिदेसिएका भारतीयहरूले सन् २०२४ मा १ खर्ब २९ अर्ब डलर बराबरको रेमिट्यान्स पठाएका छन्। यो रकम पाकिस्तान र बङ्गलादेशको कुल बजेटभन्दा बढी हो।

    मेक्सिकोमा भित्रिएको रेमिट्यान्सको तुलनामा यो दोब्बरभन्दा बढी हो। विगत केही वर्षदेखि विदेशमा रहेका भारतीयहरूले विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी रकम पठाउँदै आएका छन्।

    विप्रेषण आप्रवाहमा भारत संसारमा सबैभन्दा माथि छ। ६८ अर्ब डलरसहित मेक्सिको दोस्रो स्थानमा रहेको छ। २०२४ मा चीनमा कूल ४८ अर्ब रेमिट्यान्स भित्रिएको छ। ४० अर्ब र ३३ अर्ब डलरसहित फिलिपिन्स र पाकिस्तान क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।

    सन् २०२० बाहेक गएको पाँच वर्षयता भारतले हरेक वर्ष १ खर्ब डलरभन्दा बढी रेमिटेन्स प्राप्त गर्दै आएको छ। कोरोनाको महामारीका कारण सो अवधिमा भारतको रेमिट्यान्स ८३ अर्ब डलरमा सीमित भएको थियो। एजेन्सी