यु–१९ एसिया कपमा आज नेपाल बंगलादेशसंग भिड्दै - Chaitanya News
  • 2026-06-06
  • 18:27:16
  • शनिबार,जेठ २३, २०८३
  • यु–१९ एसिया कपमा आज नेपाल बंगलादेशसंग भिड्दै

    यु–१९ एसिया कपमा आज नेपाल बंगलादेशसंग भिड्दै

    काठमाडौँ– महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बंगलादेशसंग भिड्दैछ। यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ। यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एकरएक अङ्क बाँडेका थिए। आजको खेल नेपालको लागि महत्त्वपूर्ण छ।

    आजको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो। यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए। तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो।

    गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन्। यसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन्। पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन्। फाइनल खेल आगामी आइतबार हुनेछ।