काठमाडौँ– जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेश गरेको छ। आज (बिहीबार) भएको क्वालिफायर टुको खेलमा कर्णालीलाई पराजित गर्दै जनकपुरले फाइनलमा स्थान बनाएको हो।
यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ। अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ।