काठमाडौं– बुधबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकमाथिको गिरावट आएको छ। अघिल्लो दिन २.९९ अंकले बढेर १९५३ विन्दुमा अडिएको नेप्सेमा आज पुनः ३.५१ अंकले गिरावट आउँदै १९४९.८५ अंकमा झरेको हो।
उसो त ३ अंकमाथिले घटेको बजारमा आज कारोबार रकम समेत गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल ८४ करोड २६ लाख ९५ हजार रूपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ।
आज माइक्रोफाइनान्स र ट्रेडिङ बाहेकका अन्य ११ उपसूचक ऋणात्मक भएका छन्। माइक्रोफाइनान्स समूहको उपसूचक झिनो ०.०१ प्रतिशतले मात्र बढेको छ भने ट्रेडिङ समूहको उपसूचक पनि जम्मा ०.८८ प्रतिशतले मात्र बढेको छ। अन्य समूहको उपसूचक भने १ प्रतिशतले घटेका छन्।