३ सहसचिव बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-06-09
  • 09:55:48
  • मंगलबार,जेठ २६, २०८३
  • ३ सहसचिव बढुवाका लागि सिफारिस

    ३ सहसचिव बढुवाका लागि सिफारिस

    काठमाडौँ– ३ जना उपसचिवहरू सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ।

    आर्थिक योजना तथा तथ्यांक सेवाका १ र इन्जिनियरिङ सेवाका २ जना गरेर ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको हो।

    ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बुधबार बसेको बैठकले आर्थिक योजना तथा तथ्यांक सेवाका १ र इन्जिनियरिङ सेवाका २ गरेर ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।

    आर्थिक योजना तथा तथ्यांक सेवातर्फ बढुवा हुनेमा ढुण्डी राज लामिछाने रहेका छन्।

    यस्तै, इन्जिनियरिङ सेवातर्फ राज कुमार गोइत, पुष्कर प्रसाद पोखरेल रहेका छन्।