महिला यू–१९ एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै - Chaitanya News
  • 2026-06-06
  • 18:26:32
  • शनिबार,जेठ २३, २०८३
  • महिला यू–१९ एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै

    महिला यू–१९ एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै

    काठमाडौँ– महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज ‘सुपर फोर’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

    खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ११स्४५ बजे सुरु हुनेछ।

    नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो। श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो।

    भारत र पाकिस्तानजस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो। भारतविरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए। समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो।

    समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेल जितेको थियो। पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो।