लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 19:34:12
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. तलका जोडा विचार गर्नुहोस् ।
    १. सिद्धिचरण श्रेष्ठ – उर्वशी
    २. भवानी भिक्षु – आगत
    ३. गोपाल प्रसाद रिमाल -आमाको सपना
    माथिका जोडाहरु मध्ये कुन कुन सहि छन ?
    A. १ र २ सहि                      B. २ र ३ सहि                    C. १ मात्र सहि                 D. सबै ठिक

    2. राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनयन गर्ने सदस्य संख्या कति रहेको छ ?
    A. ३ जना                             B. ४ जना                          C. ५ जना                       D. ६ जना

    3. कोशी सम्झौता कहिले भएको थियो ?
    A. वि.सं. २०११ बैशाख १२               B. वि.सं. २०११ जेठ १२
    C. वि.सं. २०११ असार १२                D. वि.सं. २०११ मंसिर १२

    4. समुह I र समुह II बीचमा जोडा मिलाउनुहोस् ।
    समुह I                          समुह II
    a. गाईजात्रा                  1. चैत्र कृष्ण चतुर्दशी
    b. ईन्द्रजात्रा                 2. नववर्षमा
    c. घोडेजात्रा                 3. भाद्र शुक्ल चतुर्दशी
    d. बिस्केट जात्रा          4. भाद्र कृष्ण प्रतिपदा
    A) a4,b3,c1,d2                         B) a2,b3,c1,d4                  C) a3,b4,c1,d2                  D) a1,b2,c3,d4

    5. भर्सेलिज सन्धिमा कति भाग र धारा रहेका थिए ?
    A. १५ भाग ४३९ धारा              B. १५ भाग ४४० धारा
    C. २० भाग ४३९ धारा              D. १८ भाग ४३९ धारा

    6. जर्मनी र अष्ट्रिया बीच गोप्य सन्धि सम्झौता कहिले भएको थियो ?
    A. सन् १८७५                      B. सन् १९०४                  C. सन् १९०२                       D. सन् १९०७

    7. समावेशी लोकतन्त्रको अवधारणा कसले ल्याएका हुन ?
    A. मिखाईल गोर्वाचोक            B. टाकिस फोटोपउलस             C. नियोवरस             D. सिसेरो

    8. देहायका मध्ये कुन जोडा गलत छ ?
    भाग संवैधानिक अंग
    A. २१ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग
    B. २२ – महालेखापरीक्षक
    C. २३ – लोकसेवा
    D. २४ – राष्ट्रिय मानव अधिकार

    9. सार्कले पहिलो पटक कुन वर्षको रुपमा कहिले मनायो ?
    A. १९८९ लागु पदार्थ दुरुपयोग र ओसार पसार विरुद्धको वर्ष,
    B. १९८८ सार्क बालिका वर्ष
    C. १९८९ सार्क वातावरण वर्ष
    D. १९८८ सार्क अपाङ्गता वर्ष

    10. तलका जोडाहरु विचार गर्नुहोस् ।
    १. खाद्य तथा कृषि संगठन – जेनेभा, स्वीजरल्याण्ड
    २. संयुक्त राष्ट्र संघको चार्टर बनाउने व्यक्ति – आर्किवाल्ड म्याक्लिस
    ३. सार्कको सत्रौ शिखर सम्मेलन – ढाका
    ४. सार्कको सबैभन्दा पुरानो केन्द्र – सार्क कृषि सूचना केन्द्र, ढाका
    माथिका जोडा मध्ये कुन जोडा सहि छन ।
    A. १,२ र ३ मात्र सहि            B. १ र ३ मात्र सहि         C. २ र ४ मात्र सहि              D. ४ मात्र सहि

    11. नेपाल सगैँ UNO को सदस्य हुने ASEAN देशहरु कुन कुन हुन ?
    A. कम्बोडिया र सिंगापुर         B. लाओस र मलेसिया     C. कम्बोडिया र लाओस     D. थाईल्याण्ड र मलेसिया

    12. SAARC Development Goals (SDGS) को निर्माण सम्बन्धि निर्णय सार्कको कुन सम्मेलनले गरेको हो ?
    A. १४ औ                             B. १३ औ                       C. १० औ                                D. ११ औ

    13. पंक्षीहरु बारे अध्ययन गर्ने विज्ञान देहायका मध्ये कुन हो ?
    A) Ornithology                B) Osteology            C) Orology                       D) Pathology

    14. तल दिइएका जोडाहरुमा नमिल्ने जोडा कुन हो ?
    १. डायनामो – माईकल फाराडे
    २. क्यालकुलेटर – पास्कल
    ३. सिमेन्ट – एस्पिडिन
    ४. एटम बम – अल्फ्रेड बनाहर्ड नोबेल
    उपरोक्त जोडाहरुमा कुन जोडा सही होईन ?
    A) 1                                   B) 2                        C) 3                          D) 4

    15. एलेक्ट्रोन सिद्धान्तका आविष्कारक को हुन ?
    A. माईकल फराडे         B. आईस्टाईन          C. नील्स वोहर                D. चाल्र्स डार्बिन

    16. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    Group I                   Group II
    a. नागकुण्ड               1. रामेछाप
    b. गाईखर्क ताल        2. रसुवा
    c. बराह ताल             3. म्याग्दी
    d. भूत पोखरी           4. बाग्लुङ
    A) a3,b1,c2,d4            B) a1,b2,c3,d4          C) a2,b3,c4,d1           D) a3,b4,c1,d2

    17. विश्वमै सबैभन्दा उच्च स्थानबाट बग्ने नदी कुन हो ?
    A. वरुण नदी                   B. अरुण नदी             C. तमोर                     D. त्रिशुली

    18. जिल्ला विपद व्यवस्थापन समिति को रहने व्यवस्था छ ?
    A. जिल्ला समन्वय समिति प्रमुख
    B. प्रमुख जिल्ला अधिकारी
    C. जिल्ला प्रहरी कार्यालय प्रमुख
    D. जिल्ला स्थित सेनाको प्रमुख

    19. पहिलो अन्तर्राष्ट्रिय वातावरणीय सम्मेलन स्टकहोम सम्मेलन कुन देशमा आयोजना भएको थियो ?
    A. ईजिप्ट                            B. स्वीडेन                   C. जर्मनी                 D. पोल्याण्ड

    20. एक गाउँ एक उत्पादनको सन्दर्भमा तलका कुन एक भनाई गलत छ ?
    A. विश्वमा एक गाउँ एक उत्पादनको शुरुवात जापानबाट भयो ।
    B. नेपालमा सन् 2006 बाट दोलखा जिल्लाबाट शुरुवात भयो ।
    C. यस अन्र्तगत जैतुन खेतीका लागि बझाङ जिल्लामा निर्धारित गरिएको छ ।
    D. यो शुरुवातमा 32 जिल्लामा लागु भएको थियो ।

    उत्तरहरुः

    1. D 11. C
    2. A 12. B
    3. A 13. A
    4. A 14. D
    5. A 15. C
    6. A 16. C
    7. B 17. B
    8. D 18. B
    9. A 19. B
    10. C 20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100