काठमाडौँ– २१ जना उपसचिवहरु सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ। प्रशासन सेवाका १९ र लेखापरीक्षण सेवाका २ जना गरेर २१ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको हो।
ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको मंगलबार बसेको बैठकले प्रशासन सेवाका १९ र लेखापरीक्षण सेवाका २ गरेर २१ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।
प्रशासन सेवातर्फ बढुवा हुनेमा पदमकुमार श्रेष्ठ, दिलिपकुमार गौतम, योगेन्द्रप्रसाद दुलाल, युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, बिमलप्रसाद बराल, बलराम ढकाल, पवनकुमार तिमिल्सेना रहेका छन्।
यस्तै गोविन्दप्रसाद अधिकारी, पुरुषोत्तम अधिकारी, शान्तिराज प्रसाईँ, नारायणप्रसाद मैनाली, चिरञ्जीवी तिमिल्सेना, कवीन्द्र नेपाल र यमेन्द्र उपाध्याय रहेका छन् ।
लेखापरीक्षण सेवातर्फ लक्ष्मण आचार्य र धुब्रराज भुसाल रहेका छन् ।
बढुवा सूचीमा चित्त नबुझेको अवस्थामा ३५ दिनभित्र बढुवा समितिमा उजुरी दिन सकिने र कोही कसैको उजुरी नपरेको अवस्थामा सरकारले ३५ दिनपछि २१ जना उपसचिवलाई नै सहसचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।