रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक : वर्षमान पुन - Chaitanya News
  • 2026-06-30
  • 02:28:57
  • सोमबार,आषाढ १५, २०८३
  • रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक : वर्षमान पुन

    रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक : वर्षमान पुन

    गलकोट (बागलुङ)– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताएका छन्। आज (मंगmबार) नेकपा (माओवादी केन्द्र) बागलुङ नगर कमिटीको आयोजनामा भएको गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा रोजगारीका अवसर संकुचित भएका समेत बताए।

    पूर्वअर्थमन्त्री पुनले रोजगारीका अवसर सृजना गरेर युवा वर्गलाई विदेश पलायन हुनबाट जोगाउनुपर्नेमा उनले जोड दिए।

    उनले लोकतान्त्रिक प्रणालीको संरचनामा सुधार गर्ने, नेतृत्वमा फेरबदल र सङ्गठनको सुधार गर्न आवश्यक भएको विचार व्यक्त गरे। साथै उनले देशमा परिवर्तनका निम्ति माओवादीको ठूलो योगदान रहेको चर्चा गरे। रासस