1. प्रसिद्ध भद्राधिवासको भवन निर्माण कसले गरेका हुन ?
A. प्रचण्डदेव B. नरेन्द्रदेव C. प्रतापमल्ल D. मानदेव
2. नेपालमा विर्ता उन्मुलन कुन प्रधानमन्त्रीको पालामा भएको थियो ?
A. कृतिनिधि विष्ट B. मातृका प्रसाद कोईरला C. वि.पि कोईरला D. टंकप्रसाद आचार्य
3. UNO ले शान्ति स्थापना कायम गर्न सबैभन्दा बढी खर्च गरेको मुलुक कुन हो ?
A. भारत B. बंगलादेश C. पाकिस्तान D. श्रीलंका
4. तलका कथनहरु विचार गर्नुहोस् ।
१. भूमध्य सागर र कृष्ण सागरसँग जोडिएको मुलुक टर्की हो ।
२. हिन्द महासागर एसिया, अफ्रिका र अष्ट्रेलिया महादेशको विचमा रहेको छ ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै गलत D. दुवै सहि
5. भित्री ग्रह अन्र्तगत कुन कुन ग्रहहरु पर्दछन ?
A. बुध, शुक्र, पृथ्वी र मंगल B. बुध, शुक्र, पृथ्वी र शनि
C. बुध, शुक्र, पृथ्वी र बृहस्पति D. बुध, शुक्र, पृथ्वी र अरुण
6. अन्तर्राष्ट्रिय तिथि रेखामा निम्न मध्ये कुन देश पर्दैन् ?
A. किरीभाटी B. टोकेलाउ C. समाओद्धीप D. मौरिटानिया
7. चीन र भारत दुवै देशलाई छुने नेपालका दुई जिल्ला निम्न मध्ये कुन कुन हुन ?
A. झापा र दार्चुला B. इलाम र दार्चुला C. ताप्लेजुङ र दार्चुला D. ताप्लेजुङ र बाजुरा
8. लिम्बु भाषाको प्रथम चलचित्र निम्न मध्ये कुन हो ?
A. पाते B. खाम्पुना मरङ्वाना C. सायाबुङ D. तखेवा
9. गुल्मी अर्धाखाची परियोजना कार्यक्रमको सञ्चालन कुन संस्थाको सहयोगमा भएको हो ?
A) EU B) IMF C) WTO D) UNO
10. विश्व इतिहासका घटनाहरु अध्ययन गरी सहि क्रम छनौट गर्नुहोस् ।
1, जापानबाट कोरिया स्वतन्त्र 2. दोस्रो विश्व युद्धमा जापानको आत्मसम्पर्ण
3. हिटलरको आत्माहत्या 4, बेलायतबाट भारत स्वतन्त्र 5, शीत युद्धको शुरु
A) 1,2,3,4,5 B) 3,2,1,5,4 C) 5,4,3,2,1 D) 1,2,3,5,4
11. तलका भनाई अध्ययन गरि सहि विकल्प छनौट गर्नुहोस् ।
१. नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिका नामक कृतिका लेखक डा.राजेश गौतम हुन ।
२. वि.सं. २०८० मा प्रकाशित कर्मणा र हृदयु नामक पुस्तकका लेखक क्रमशः झमक कुमारी घिमिरे र भगवान कोईरला हुन ।
A. १ मात्र ठिक B. दुवै ठिक C. २ मात्र ठिक D. दुवै गलत
12. ” The Wizard Menlo park ” नामले चिनिने वैज्ञानिक निम्न मध्ये को हुन ?
A. लुई पाश्चर B. थोमस अल्बा एडिसन C. चाल्र्स डार्बिन D. म्याडम क्युरी
13. जोडा मिलाउँनुहोस् ।
सिद्धान्त आविष्कारक
a. विद्युत चुम्बकीय प्रभाव 1. हेनरी बेसेमर
b. वनस्पति अनुसन्धान 2. माईकल फराडे
c. हाइपोथिसिस 3. एवोग्रेडो
d. स्टील मेल्टिङ प्रोसेस 4. जगदीशचन्द्र बोश
A) a2,b1,c4,d3 B) a2,b1,c3,d4 C) a4,b3,c1,d2 D) a2,b4,c3,d1
14. निम्न दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. पौर – प्रान्तमा बस्ने जनता
B. सार्थबाह – व्यापारिक नेता
C. अग्राहर – शैक्षिक संस्थाले कर तिर्नुपर्नेभूमि
D. प्रतिहा – गाउँमा राजाको प्रतिनिधिका रुपमा रहने
15. तलका भनाई विचार गर्नुहोस् ।
१. नेपालमा सर्वप्रथम कर्मचारीको हडताल वि.सं. २००९ जेठ १९ गते भएको हो ।
२. वीर पुस्तकालयका प्रथम लाईब्रेरियन पण्डित केदारनाथ हुन ।
३. पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा सिद्धिनरसिंह मल्ल हुन ।
A. १,२ ठिक B. २,३ ठिक C. १,३ ठिक D. सबै ठिक
16. कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा लागु कहिले देखि भएको हो ?
A. वि.सं. २०७७ असार ४ B. वि.सं. २०७७ असार ५
C. वि.सं. २०७७ असार ६ D. वि.सं. २०७७ असार ७
17.ASEAN को बारेमा कुन भनाई सही छ ?
1. नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने पहिलो देश – थाईल्याण्ड
2. १५ औ महासचिवमा – डा. इन्द्रमणी पाण्डे
3. ४४ औ सम्मेलन -नेपिट, म्यानमार
4. PCI कम भएको सदस्य – म्यानमार
A. १ मात्र सहि B. २ मात्र सहि C. ३ मात्र सहि D. ४ मात्र सहि
18. राजपत्रको भाग ४ मा के को व्यवस्था गरिएको छ ?
A. ऐन वा अध्याय
B. नियम, नेपाल सरकारले जारी गरेका आदेश वा अधिकतम
C. संविधान अन्तर्गतका नियुक्ति वा अन्य सूचना सरुवा, बढुवा र अन्य विभिन्न किसिमका विज्ञप्ति
D. ऐन नियम अध्यादेश अन्तर्गत वा नेपाल सरकारको निर्णयबमोजिम राजपत्रमा प्रकाशित गर्ने सूचना
19. सुशासनको सन्दर्भमा नेपालको संविधान कुन धारामा उल्लेख गरिएको छ ?
A. धारा ५१ B. धारा ५२ C. धारा ५३ D. धारा ५४
20. वि.सं. २०३२ सालमा स्थापना भएका राष्ट्रिय निकुञ्जहरु कुन कुन हुन ?
A. रारा, बाँके, सगरमाथा र लाङटाङ B. खप्तड, बर्दिया, सगरमाथा र लाङटाङ
C. रारा, पर्सा, सगरमाथा र लाङटाङ D. रारा, बर्दिया, सगरमाथा र लाङटाङ
उत्तरहरु:
1. B 11. B
2. C 12. B
3. C 13. D
4. D 14. A
5. A 15. D
6. D 16. A
7. C 17. A
8. B 18. C
9. A 19. A
10. B 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100