पाँच जना सहसचिवका लागि बढुवा सिफारिस - Chaitanya News
  • 2026-06-09
  • 12:01:51
  • मंगलबार,जेठ २६, २०८३
  • पाँच जना सहसचिवका लागि बढुवा सिफारिस

    पाँच जना सहसचिवका लागि बढुवा सिफारिस

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच सहसचिवका लागि बढुवा सिफारिस गरिएको छ। मन्त्रालयको बढुवा समितिको सचिवालयले आज (मंगलवार) नेपाल परराष्ट्र सेवाका पाँच उपसचिवहरूलाई सहसचिव बढुवाका लागि सिफारिस गरेको हो।

    ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका आधारमा सिफारिस हुने उम्मेदवारहरूमा पुष्पराज भट्टराई, मणिरत्न शर्मा, लोक बहादुर पौडेल क्षेत्री, किरण शाक्य र दुरपदा सापकोटा रहेका छन्।