नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौँ : सञ्चार मन्त्री गुरुङ - Chaitanya News
  • 2026-06-30
  • 02:28:12
  • सोमबार,आषाढ १५, २०८३
  • नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौँ : सञ्चार मन्त्री गुरुङ

    नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौँ : सञ्चार मन्त्री गुरुङ

    काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई पूर्ण क्षमतासहित सञ्चालन गर्न सरकार लागिपरेको बताएका छन्।

    आज (सोमबार) सिंहदरवारमा आयोजित सन् २०२४ का हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्ने बताएका हुन्।

    यस्तै उनले केन्द्रविरुद्ध अहिले अख्तियारसहितका चार(पाँच वटा मुद्दा बाँकी रहेको बताए। उनले केन्द्रमा रहेका समस्याहरूलाई समाधन गर्दै नेपालभित्रै अन्तःशुल्क स्टिकरहरू छाप्ने परिस्थितिको निर्माण गर्न सरकारले काम गरिरहेको बताए।

    उनले भने, ‘हामीले सुरक्षण मुद्रण केन्द्रको सिइओ बनाइसकेका छौँ। यस कोषमा अख्तियारसहितका चाररपाँच वटा मुद्दा होलान्। यसमा रहेका सबै समस्याको समाधान गर्दै त्यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने परिस्थिति निर्माण गरेर नेपालभित्रै अन्तःशुल्क स्टिकरहरूदेखि लिएर लालपुर्जाको कागज, भिसा कार्ड, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीलगायतका वस्तुहरू नेपालमै छाप्ने कुरामा मुद्रण कोषलाई व्यवस्थित गरेर अगाडि बढ्छौँ।

    उनले सुरक्षण मुद्रण कोष बेहाल अवस्थामा रहेको उल्लेख गर्दै सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताएका छन्।