मनाइयो आज सातौँ राष्ट्रिय झण्डा दिवस - Chaitanya News
  • 2026-07-16
  • 12:29:57
  • बिहिबार,आषाढ ३२, २०८३
  • मनाइयो आज सातौँ राष्ट्रिय झण्डा दिवस

    मनाइयो आज सातौँ राष्ट्रिय झण्डा दिवस

    काठमाडौँ– संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ।

    हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ। आज काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए।