एनपीएल: कर्णालीविरुद्ध बलिङ गर्दै सुदूरपश्चिम - Chaitanya News
  • 2026-06-06
  • 19:50:56
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: कर्णालीविरुद्ध बलिङ गर्दै सुदूरपश्चिम

    एनपीएल: कर्णालीविरुद्ध बलिङ गर्दै सुदूरपश्चिम

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोएल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले टस जितेर बलिङ रोज्दै कर्णाली याक्सलाई ब्याटिङको निम्तो दिएको छ।

    टियू मैदान कीर्तिपुरमा केही समय पछि सुरु हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेका हुन्।

    सुदूरपश्चिम रोएल्स स् विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, स्कट कुगेलेइन, नरेन साउद, हर्मीत सिंह, अविनाश बोहरा

    कर्णाली याक्स स् बाबर हायात, देव खनाल, चाडविक वाल्टन, रित गौतम, विलियम बोसिस्टो, जीशान मकसुद, गुल्शन झा, बिपिनप्रसाद शर्मा, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन यादव