मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा पनि हुनेछ ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । घरमा अतिथिको आगमन हुनेछ ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । वाहन र भूमिबाट लाभ पनि रहला ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहने छ ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ र यात्रा पनि होला ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्ने छ । आँटेको काम पुरा हुन पनि सक्छ ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सानातिना समस्यामा अल्झनु पर्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
महत्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र यात्रा पनि हुनेछ ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफैले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । धार्मिक कार्यमा सहभागी भइनेछ ।
राशिमा जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।