1. नेपाल र अमेरिका बिच भएको MCC सम्झौता राजपत्रमा कहिले प्रकाशित भएको हो ?
A. वि.सं. २०७९ बैशाख १५ B. वि.सं. २०८० बैशाख १५
C. वि.सं. २०७९ बैशाख १३ D. वि.सं. २०८० भदौ १३
2. रामचन्द्र पौडेल तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित कहिले भएका हुन ?
A. २०७९ पुष २५ B. २०७९ फागुन २५
C. २०७९ माघ २५ D. २०७९ चैत्र २५
3. किलर न्युमोनिया भनेर कुन रोगलाई चिनिन्छ ?
A. सापु B. सार्स C. ठेउला D. बिफर
4. साहित्यमा नोबेल पुरस्कार पाउने पहिलो महिला को हुन ?
A. म्याडम क्युरी B. विजया लक्ष्मी पण्डित C. क्यारोलिन मिशेलसन D. सेल्मा लागरलोफ
5. जंगी र निजामति कर्मचारीहरुलाई रकम सापटि दिन प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ?
A. तेजारथ अड्डा B. धर्मकचहरी C. वृत्ति अधिकरण D. अपिल अड्डा
6. तलका भनाई विचार गर्नुहोस् ।
१. २०१६ सालमा प्रतिनिधिसभाको प्रथम बैठकको अध्यक्षता गर्ने व्यक्ति कृष्णप्रसाद भट्टराई हुन ।
२. वि.सं. २०१५ सालको आम निर्वाचनमा देशभर १०९ निर्वाचन क्षेत्र रहेका थिए ।
A. १ ठिक २ बेठिक B. दुबै ठिक C. २ ठिक १ बेठिक D. दुबै बेठिक
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समुह I समुह II
a. विनय पिटक 1. बुद्ध धर्मका दर्शनहरु
b. शुक्ति पिटक 2. भिक्षु भिक्षुणीहरुले पालना गर्नुपर्ने नियम
c. अभिधम्म पिटक 3. भगवान बुद्धका उपदेशहरु समावेश
A) a2,b3,c1 B) a3,b2,c1 C) a2,b1,c3 D) a1,b2,c3
8. कुरान कुन जातिको धार्मिक ग्रन्थ हो ?
A. किराँत B. इसाई C. मुस्लिम धर्म D. बोन
9. कामिरिता शेर्पाद्धारा २९ औ पटक सगरमाथा सफल आरोहण कहिले गरेका हुन ?
A. २०२४ मे १० B. २०२४ मे ११ C. २०२४ मे १४ D. २०२४ मे १२
10. राष्ट्रिय जनगणना 2078 अनुसार औषत परिवारको आकार सबैभन्दा धेरै भएको जिल्ला कुन हो ?
A. झापा B. रौतहट C. काठमाडौँ D. ललितपुर
11.सुरक्षा परिषद्का १० अस्थायी सदस्य मुलुक मध्ये देहायका मध्ये कुन कुन मुलुकको कार्यकाल २०२३ मा सकिएको हो ?
A. अल्बानिया, ब्राजिल, ग्याबोन, घाना, युयई B. अल्बानिया, ब्राजिल, ग्याबोन, घाना, माल्टा
C. जापाा, माल्टा अल्बानिया, ब्राजिल, ग्याबोन, D. अल्बानिया, ब्राजिल, द. कोरिया, स्लोभेनिया
12. सार्वजनिक संस्थान वार्षिक स्थिती समीक्षा, २०८० अनुसार घाटामा सञ्चालित संस्थान कति वटा रहेका छन ?
A. २० वटा B. २५ वटा C. २२ वटा D. १७ वटा
13. खुसी सुचकांक, २०२४ अनुसार सार्कमा सबैभन्दा खुशी हुने देश कुन हो ?
A. अफगानिस्तान B. नेपाल C. भारत D. बंगलादेश
14. अफ्रिका महादेशको सबैभन्दा सानो भुपरिवेष्ठित राष्ट्र कुन हो ?
A. चाड B. नाईजर C. ईस्वातिनि D. सुडान
15. तलका भनाई विचार गर्नुहोस् ।
१. एकान्कागुवा दक्षिण अमेरिकाको अग्लो पर्वत हो ।
२. अष्ट्रेलिया महादेश Captain Cook पत्ता लगाएका हुन ।
३. ज्वालामुखी नभएको महादेश अष्ट्रेलिया हो ।
A. १ मात्र ठिक B. २ र ३ मात्र ठिक C. सबै ठिक D. सबै बेठिक
16. “UN Biodiversity Conference”2024 तलका मध्ये कुन देशमा आयोजना हुदैछ ?
A. मन्ट्रियल। क्यानडा B. पर्थ, अष्ट्रलिया C) UAE D) कोलम्बिया
17. दिगो विकासले लिएका लक्ष्यमा वातावरण सम्बन्धी लक्ष्य कति वटा छन ?
A. 6 वटा B. 7 वटा C. 5 वटा D. 9 वटा
18. तलका भनाई विचार गर्नुहोस् ।
१. संयुक्त राष्ट्रसंघको पछिल्लो सदस्य राष्ट्र दक्षिण सुडान हो ।
२. अफगानिस्तानलाई सार्क संगठनमा आबद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र भुटान हो ।
A. १ ठिक २ बेठिक B. सबै ठिक C. दुबै बेठिक D. १ बेठिक २ ठिक
19. प्रदेश सरकारले कहिले सम्म बजेट प्रदेश सभामा पेश गरि सक्नुपर्छ ?
A. जेठ १५ B. असार १ C. असार १५ D. जेठ १
20. तिलखुवा झरना कुन जिल्लामा अवस्थित रहेको छ ?
A. धनकुटा B. मनाङ C. अर्धाखाची D. ताप्लेजुङ
उत्तरहरु
1. A 11. A
2. B 12. D
3. B 13. B
4. D 14. C
5. A 15. C
6. B 16. D
7. A 17. A
8. C 18. A
9. D 19. B
10. B 20. C
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100