लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक - Chaitanya News
  • 2026-06-06
  • 19:52:21
  • शनिबार,जेठ २३, २०८३
  • लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक

    लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक

    काठमाडौं– आजा (शुक्रबार) भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ।

    कर्णालीले दिएको १२९ रनको लष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो। डेथ ओभरमा कर्णालीले उत्कृष्ट बलिङ गरेपछि लुम्बिन ५ रनले चुकेको हो।

    यस जितपछि कर्णाली प्लेअ नजिक पुगेको छ । यसअघि नै लिग चरणबाट बाहिरिएको लुम्बिनी भने अनतिम खेलमा पनि पराजित भएको छ ।

    लुम्बिनीले लिगको सबै सात खेल खेलिसक्दा यो छैटौं हार हो। लुम्बिनीले एक खेल मात्र जित्न सक्यो।

    लगातार चौथो जित हात पारेको कर्णाली ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ। अब कर्णालीले लिगको अनतिम खेल आउने सोमबार सुदूरपश्चिम रोएल्ससँग खेल्नेछ।

    लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सन्दिप जोराले २४ तथा आशुतोष घिरैया र साद विन जफरले समान १६ रन जोडे।

    बलिङमा कर्णालीका जिसान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, ननुदन यादव, विपिन शर्मा र विलियन बोसिस्टोले १(१ विकेट लिए।

    त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो।

    कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । ३० बल खेलेका उनले समान ३ चौका र ३ छक्का प्रहार गरे। अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए।

    बलिङमा लुम्बिनीका लागि विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए।