४ प्रदेशका डीआईजीको सरुवा - Chaitanya News
  • 2026-11-17
  • 18:36:12
  • मंगलबार,मंसिर ०२, २०८३
  • काठमाडौँ– गृह मन्त्रालयले ४ वटा प्रदेशका डीआईजीहरुलाई सरुवा तथा पदस्थापन गरेको छ। लुम्बिनी प्रदेशमा डीआईजी दान बहादुर कार्की र कोशी प्रदेशमा राजन अधिकारीलाई सरुवा गरिएको छ।

    भोला बहादुर रावललाई गण्डकी प्रदेशमा र गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको पहरी प्रधान कार्यालयले जनाएको छ।

    गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार बढुवा भएका ८ जना डीआईजीहरुलाई पदस्थापन गरिएको छ विशेष ब्युरोमा सिद्धिविक्रम शाहलाई पदस्थापन गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोमा कोशी प्रदेशमा कार्यरत चन्द्र कुवेर खापुङलाई ल्याइएको छ।

    डम्बर बहादुर विकलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभाग, हिमाल कुमार श्रेष्ठलाई अख्तियार र उमा प्रसाद चतुर्वेदीलाई प्रधान कार्यालय स्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पदस्थापन गरिएको छ।

    रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउतलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    मङ्सिर १७ मा राउत सहितका ८ जना उच्च अधिकृतहरू डीआईजमा बढुवा भएका थिए।