काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली जनकपुर बोल्ट्स बनेको छ।
आज (बिहीबार) काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो।
जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ।
काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।
जनकपुरको जितमा जीमी नीशमले १७ बलमा १ चौका र३ छक्का मदतमा सर्वाधिक २७ रन बनाए। हर्श थाकरले अविजित २५ रन योगदान गरे। उनले २५ बल खेल्दा १ चौका र १ छक्का प्रहार गरे।
लाहिरु मिलान्थाले १६ र कप्तान अनिल साहले ११ रन बनाए। मोहम्मद मोहसिनले अविजित १३ रन जोडे। बलिङमा काठमाडौंका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिए।
त्यसअघि जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९(३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको थियो।
काठमाडौंका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३।३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए। मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए।