कस्तो रहला तपाईंको आजको दिन ? हेर्नूहोस् राशिफल - Chaitanya News
  • 2026-11-17
  • 18:36:07
  • मंगलबार,मंसिर ०२, २०८३
  • कस्तो रहला तपाईंको आजको दिन ? हेर्नूहोस् राशिफल

    कस्तो रहला तपाईंको आजको दिन ? हेर्नूहोस् राशिफल

    मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    सामाजिक पद र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता पाइनेछ ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज रोकिएको धन पाइएला । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । बन्न लागेको काम बिग्रनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्ने छ । व्यापार, व्यवसायमा चाँहि लाभ नमिल्ला ।

    कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, दा
    लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    समाचार सुन्न पाइएला । कृषि क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज लगनशीलताले गरेका कामहरू अगाडि बढ्ने छन् । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । जोश, जाँगर र हिम्मत पनि बढ्न सक्छ ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ पनि मिल्नेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।