काठमाडौँ– नेपालमा सन् २०२४ मा सबैभन्दा बढी डेंगु कास्की जिल्लामा भेटिएको छ। देशभर ३४ हजार ३८५ जनामा देखिएको डेंगु सङ्क्रमितमध्ये कास्कीमा मात्रै २२.३ प्रतिशत अर्थात ७ हजार ६६७ जनालाई सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ।
इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार त्यसपछि काठमाडौँ जिल्लामा बढी डेंगु सङ्क्रमित सङ्ख्या देखिएको छ। यहाँ ५ हजार ९१९ जनालाई डेंगु सङ्क्रमण देखिएको हो। जहाँ अवातजावत गर्ने सङ्ख्या बढी हुन्छ, त्यहाँ सङ्क्रमण बढी हुने चिकित्सक बताउँछन्।
कास्की र काठमाडौँ जिल्ला बढी मानिसको अवातजवात हुने क्षेत्र हो। डेंगु सङ्क्रमणका कारणले १३ जनाको मृत्यु भएको छ। हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ।