अपराजित जनकपुरलाई सुदूरपश्चिमको झट्का - Chaitanya News
  • 2026-07-26
  • 19:12:33
  • आइतबार,साउन १०, २०८३
  • अपराजित जनकपुरलाई सुदूरपश्चिमको झट्का

    अपराजित जनकपुरलाई सुदूरपश्चिमको झट्का

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले जनकपुरलाई हराएको छ। आज (बुधबार) त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले ७२ रनले पराजित गरेको हो।

    पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित भयो।

    दुवै टोलीले पाँच खेल खेलेका छन्। जसमा दुवैले चार जित र एक हार व्यहोरेका छन्।