विश्वकप फुटबल : इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा - Chaitanya News
  • 2026-04-23
  • 04:12:09
  • बुधबार,बैशाख ०९, २०८३
  • विश्वकप फुटबल : इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

    विश्वकप फुटबल : इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

    । अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको हो ।

    अल थुमामा स्टेडियममा भएको खेलमा अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गरेको गोलले नै अमेरिकालाई जित दिलाएको थियो ।

    जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । यता इरान ३ अंक जोडेर प्रतियोगिताबाट बाहिरियो ।