एनपीएल: लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 20:03:40
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

    एनपीएल: लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

    काठमाडौँ– त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको हो।

    प्रतियोगिताको सर्वाधिक रनकर्ता रोहितले ५७ बलमा ८० रन बनाएपछि कमजोर सुरुआत गरेको लुम्बिनीले चुनौतीपूर्ण स्कोर दिन सफल भएको हो। उनले ६ चौका र ५ छक्का प्रहार गर्दै क्यानडाका पूर्व कप्तान साद बिन जाफरसँग पाँचौं विकेटका लागि ७० बलमा १ सय १४ रनको साझेदारी गरेका थिए।