धनगढी – चैतन्य पाठशालाका ब्रान्ड एम्बेसडरका रुपमा भरत विक्रम शाह नियुक्त भएका छन ।
शिक्षा र संस्कारको सङ्गम प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाका नामले परिचित शैक्षिक संस्था पछिल्लो समयमा शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न नवीनतम कार्य गर्दै आइरएको छ।

सुदूरपश्चिमलाई चिनाउन विगत लामो समयदेखि सामाजिक अभियान्ता, राइकलिष्ट तथा फारवेष्टर्न राइडरका नामले परिचित गराउँदै आउनु भएका गोदावरी नगर पालिका, मझगाउँका शाह आज (आइतबार) चैतन्य पाठशालामा ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएका हुन् ।

सुदूरलाई चिनाउन सत् प्रयास गरेको तथा आफ्नो क्षेत्रको पहिचानलाई राष्ट्रव्यापी रुपमा परिचित गराउन निरन्तर लागि रहने र चैतन्य पाठशाला जस्तो विद्यालयमा आफू जोडिन पाउँदा गौरवान्वित भएको र चैतन्यमा ब्रान्ड एम्बेसडर भएर आगामीका दिनमा सांस्कृतिक,पर्यटकीय तथा सामाजिक जस्ता पक्ष चिनाउनमा थप हौसला मिलेको शाहले बताए।

विहानी प्रार्थना सभामा पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले उक्त कुरा घोषणा गर्दै एम्बेसडर नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।