सेयर बजारमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-06-29
  • 22:54:13
  • सोमबार,आषाढ १५, २०८३
  • सेयर बजारमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

    सेयर बजारमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं– आज (आइतबार) सेयर बजारमा उच्च गिरावट देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो।

    सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ। बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घटेको छ। अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो।

    कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो। सबै सेक्टरका सूचक घटेका छन्। लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो।

    बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, हाइड्रोपावर १।९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशत घटे।

    खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। दोल्ती पावरको ८.७७, स्वाभिमान लघुवित्तको ७.८९, मोलुङ हाइड्रोपावरको ६.५ प्रतिशत मूल्य बढ्यो।

    मानुसी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। दिव्यश्वरी हाइड्रोको ७, सुपरमादी हाइड्रोपावरको ६.८८ तथा सान्जेन जलविद्युत्को ६.६८ प्रतिशत मूल्य घट्यो।

    कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, रिभर फल्स पावर, खानीखोला हाइड्रोपावर र बेस्ट फाइनान्स क्रमशः अगाडि रहे।