कस्तो रहला तपाईंको आजको दिन ? हेर्नूहोस् राशिफल - Chaitanya News
  • 2026-11-17
  • 18:35:22
  • मंगलबार,मंसिर ०२, २०८३
  • कस्तो रहला तपाईंको आजको दिन ? हेर्नूहोस् राशिफल

    कस्तो रहला तपाईंको आजको दिन ? हेर्नूहोस् राशिफल

    मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्ने छ । आकस्मिक धन लाभ पनि हुनेछ ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्ने छ ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज नयाँ कार्यको थालनी हुनेछ । ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्ने छन् ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्ने छ ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज चिन्ता बढ्ने, यात्रामा बिघ्नबाधा आउला । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला, तर शेयर बजारले साथ दिनेछ ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज नयाँ कार्यको योजना बन्ने छ । कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समदेखि रोकिएका अधुरा कार्यहरू पुनः प्रारम्भ हुनेछन् ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज आर्थिक कारोबार पनि भद्रगोल हुनसक्ने छ । विचार गरेर निर्णय लिनु उचित होला, तर प्रेमीको साथ मध्यान्हबाट दिन सुखद् रहने छ ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोशजाँगर र हिम्मत बढ्ने छ । रमणीय र सुखद् यात्राको योजना बन्ला ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । काममा बिघ्नबाधा ज्यादा आइलाग्न सक्छ, तर साँझमा प्रेमीको साथले मन खुसी हुनेछ ।
    राशिफलमा जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।