एनपीएलमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 21:45:42
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएलमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

    एनपीएलमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

    काठमाडौं– कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको हो।

    अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए। अन्तिम दुई बल बाँकी छँदा रोहित ९४ रनमा खेलिरहेका थिए।

    तर अन्तिम ओभरको पाँचौ बलमा सिंगल लिएपछि रोहित शतक बनाउने पहिलो खेलाडी बन्नबाट चुके। अन्तिम बलमा ३ रन लिने चक्करमा दौडिएका रोहित रनआउट भए।

     

    यस्तै टम मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन जोडे ।