राज्य व्यवस्था समितिले निजामती विधेयक अघि बढाउँदै - Chaitanya News
  • 2026-06-09
  • 14:10:42
  • मंगलबार,जेठ २६, २०८३
  • राज्य व्यवस्था समितिले निजामती विधेयक अघि बढाउँदै

    राज्य व्यवस्था समितिले निजामती विधेयक अघि बढाउँदै

    काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमाथि छलफल अगाडि बढाउने भएको छ।

    समितिले ‘सङ्‌घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आइतबार दिउँसो १ बजे छलफल राखेको छ।

    निजामती विधेयकमाथि छलफल अगाडि बढाउने तय भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

    यो बिधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो।

    संघीय निजामती सेवासम्बन्धी विधेयकमा साम्सदहरुले १२४ समुहमा एक हजार ५८३ वटा संशोधन परेको छ। २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो। त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन।

    प्रतिनिधि सभाको चालू कार्यकालमा समेत विधेयक अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भनेर सरोकारवालाहरुले प्रश्न गरिरहेका छन। यहि बेला राज्य व्यवस्था समितिले बिधेयकमाथी छलफल अगाडि बढाउन खोजेको हो।