एनपीएल: सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले हरायो - Chaitanya News
  • 2026-06-06
  • 21:59:24
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले हरायो

    एनपीएल: सुदूरपश्चिमले  काठमाडौंलाई ७३ रनले हरायो

    काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले हराएको छ। युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले लगातार दोस्रो जित हात पारेको हो।

    नरेनले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो। नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने।

    यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमाडौं विरुद्ध नै ५ विकेट लिएका थिए।

    नरेन यू–१९ एसिया कप खेलेर हिजो मात्रै काठमाडौं आइपुगेका हुने र भोलीपल्ट एनपीएलमा डेब्यु गर्दै सानदार प्रदर्शन गर्दै ५ विकेट लिए।